सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागरिकता विधयेकलगायत भारत र चीनको अतिक्रमण विरुद्ध जनता समाजवादी बाँकेको विरोध प्रदर्शन

सिराज खान
नेपालगन्ज, जनता समाजवादी पार्टी बाँकेले नागरिकता संशोधन विधयेकलगायत भारत र चीनले गरेको नेपाली भूमि अतिक्रमणको विरोधमा बुधवार यहाँ विरोध प्रदर्शनको आयोजना गरेर जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।
स्थानीय विपी चोकबाट विभिन्न प्रकारका नाराहरु लगाउँदै शुरु गरिएको विरोध जुलुसले ईदगाह रोड, त्रिभुवन चोक हुँदै ताँगा स्टेशन हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

विरोध जुलुसका सहभागिहरुले विभेदकारी नागरिकता विधेयक फिर्ता गर, राष्टिय एकता कायम गर, कालापानी लिपुलेक नक्सामा होइन वास्तवमा फिर्ता गराउ, चीनले गरेको कब्जा पनि खाली गराउ जस्ता नाराहरु लगाउँदै प्रदर्शन गरेका थिए ।
करिब दुई घण्टासम्म जिल्ला प्रशासन कार्यालयको घेराउ समेत गरेर विभिन्न नाराहरु लगाएर जनता समाजवादी पार्टी बाँकेले आफ्नो विरोध जनाएको जनता समाजवादी पार्टी बाँकेका नेता कमरुद्दीन राईले बताउनु भयो ।

विरोध प्रदर्शन र घेराउको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडी आयोजना गरिएको विरोधसभालाई जनता समाजवादी पार्टीका नेताहरु विजय कुमार गुप्ता, कमरुद्दीन राई, केशव नेपाली, अम्बिका काफ्ले, लक्ष्मी नारायण वर्मा, कौशल मिश्रा, रेखा गुप्ता, शोयब अन्सारी र राजन रानामगरलगायतले सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा बोल्ने अधिकांश वक्ताहरुले सरकारले विभेदकारी नागरिकता संशोधन विधेयक ल्याएर राष्टिय एकतामा खलल पुरयाउने काम गर्नुका साथै कालापानी र लिपुलेक तथा चीनको अतिक्रमणबाट नेपालीको ध्यान हटाउन खोजेको आरोप लगाएका थिए ।

विधेयक तत्काल फिर्ता नगरिए देशमा ठुलो आन्दोलन हुने चेतावनी समेत उनिहरुले दिएका थिए ।
सो अवसरमा पुर्व सांसद सन्ध्या देव, जनता समाजवादी पार्टीका नेताहरु अजय कुमार श्रीवास्तव, बाबु खाँ पठान र रशीद कुरैशी लगायको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »