सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक अमिर दोङको बदमासीका कारणले “बेहोस” भए कुसाङ लामा

काठमाडौँ । काभ्रेको तेमाल चोपटारमा जन्मेका गायक हावा लामा गीत संगीतको क्षेत्रमा राम्रै पहिचान कमाएका गायक हो भन्दा फरक नपर्ला ।

गायक हावा लामाको स्वरमा जादु छ । तामाङ समुदायमा उनको स्वरलाई मन पराउने धेरै छन् । त्यसकारण एकपछि अर्को म्युजिक भिडियो पस्किन सफल भएक छन् गायक हावा लामा ।

उनको पहिलो म्युजिक भिडियो “एता डान्बा”, यो म्युजिक भिडियोलाई धेरैले रुचाएका थिए । झट्ट हेर्दा अहिलेको म्युजिक भिडियो “बेहोस” त्यसैको दोस्रो भाग हो कि भन्ने अनुभुति हुन्छ तर त्यो होइन । म्युजिक भिडियोमा अत्याधिक मात्रमा चुरोट र रक्सीलाई प्रयोग गरेको पाइन्छ । हुन त अहिले विदेशी ब्राण्ड देखाएर आफ्नो ब्राण्ड चलाउने चलन पुरानो नै हो ।

यो म्युजिक भिडियोलाई नायक अमिर दोङले निर्देशन गरेका छन् भने निमा दोङको संगित रहेको छ। गीतले दिन खोजेको सन्देश के हो ? भन्ने कुरा म्युजिक भिडियो हेरेपछि प्रष्ट नै हुन्छन तापनि निर्देशक अमिर दोङले यसको दोस्रो भाग आएपछि मात्र वास्तविक सन्देश के हो भन्ने कुरा स्पष्ट हुन्छ भनेका छन् । “एता डान्बा ” म्युजिक भिडियो सार्वजनिक गरेको समयमा पनि यस्तै भनेका थिए । अहिले सम्म त्यसको दोस्रो भागको गीत पनि कोर्न सकेको छैन । यसले कतै तामाङ समुदायलाई म्युजिक भिडियो निर्माणको क्रममा झुक्काइ राखेको त छैन ? जवाफ आउन नै बाँकी छन् ।

नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष विश्व दोङले युट्युबमा प्ले गरेपछि सार्वजनिक भएको “बेहोस” म्युजिक भिडियो वास्तवमै अहिलेका युवा जेनेरेसनले रुचाउँछन् त ? परिणाम हेर्न बाँकी नै छ ।

प्रेम भन्ने शब्द नभएको भए सायद धोका भन्ने शब्दको उत्पति नै हुँदैन थियो होला । अनि धोकाको नाममा सायद कसैले चुरोट वा रक्सी पिएर मनको बह पोख्ने चेष्टा पनि गर्ने थिएन होला । अहिले यो प्रेम भन्ने शब्दबाट नै तामाङ सांगीतिक क्षेत्रमा छाउँदैन थियो होला । हामीले नारायण गोपालको सुमधुर स्वरमा विछोडको गीतहरु सुन्न पनि पाउँदैन थियौँ होला ।

गायक हावा लामाले यही शब्दलाई प्रयोगमा ल्याएर तामाङ सांगीतिक क्षेत्रमा नयाँ आयामको शुरुवात गरेका छन् । गायक हावा लामाले यो गीतलाई साँच्चिकै न्याय गरेका छन् तर नायक तथा निर्देशक अमिर दोङ बाहेक अन्य कलाकारहरुको भुमिकामा भने प्रश्न उठाउने ठाउँ धेरै छन् ।

मोडलका रुपमा आफुलाई प्रस्तुत गरिरहेको कल्पना लामाले पुर्णरुपमा न्याय दिन सकेन कि ? कतै अनुहार देखाउनका लागि उभाएको हो कि भन्ने प्रश्न पनि उठेको छ ।

हुन त तामाङ सांगीतिक क्षेत्रमा निर्माण गरेका जति पनि म्युजिक भिडियोहरुको निर्माण पक्ष फितलो नै हुन्छन् । आर्थिक पक्षले नै म्युजिक भिडियोलाई अल्झाइ राखेका हुन्छन् । स्रोता वा दर्शकले आर्थिक पक्ष के हो ? हेरिदैन । यस म्युजिक भिडियोमा अभिनय गरेका कलाकारले गीतलाई न्याय गरेको छ या छैन त्यता तिर मात्र ध्यान दिएको हुन्छ सायद यसमा पनि त्यसैको प्रभाव परेको हुन सकिन्छ ।


हुन त तामाङ समुदायका हरेका संघ संस्थाले गीत संगीतको माध्यमबाट तामाङ समुदायमा नयाँ जागरणको अभियान थलानी गर्नु पर्छ भनिरहेका छन् । तामाङ समुदायमा निर्माण भैइरहेको गीत संगीतलाई नियाल्दा त्यो पाउँदैन । कमजोर संघ संस्थाको हो वा सृजना कर्ताको हो त्यो या जागरण अभियान पुगेको छैन ।

अन्तमाः “बेहोस” म्युजिक भिडियोले नयाँ सन्देश भने पक्कै दिएको छ । प्रेममा कहिले पनि अभिश्वास भन्ने शब्द प्रयोग गर्नु हुन्न भन्ने शिक्षा दिएको छ किनभने नायक अमिर दोङले प्रेमीकालाई सँगै लगेर जुस पिलाएको देखेर मोडल कुसाङ लामाले पिडा सहन नसकेर रक्सी र चुरोटको साहारा लिन पुगेको हुन्छ तर वास्तवमा त्यो हुँदैन । दृश्यमा देखिएको कल्पना लामाले डाक्टरको भूमिकामा देखिएका नायक अमिर दोङ सङ्ग सल्लाह लिइरहेको हुन्छ । त्यसैलाई शंकाको घेरामा राखेर रक्सीको वा चुरोटको साहारा लिएर विलौना गुर्नु कतिको राम्रो हो त ? त्यसकारण यो गीतले त्यही शिक्षा दिएको हुन्छ । देखेर मात्र हुँदैन । वास्तविक गहिराइमा पुगेर मात्र कुराको चुरो पत्ता लगाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

हेरौं यो म्युजिक भिडियोलाई दर्शकले कतिको रुचाउँछन् ? परिणाम आउन बाँकी नै छन् ।


भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »