सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक अमिर दोङलाई महानायकको उपाधी, गायक चन्द्र कुमार दोङलाई सेलो किङ अवार्ड,नायक कुमार मोक्तानलाई मेगा स्टार

काठमाडौँ । तामाङ समुदायमा लामो समय देखि “महानायक” उपाधिका लागि विवाद चलिरहेको थियो । नायक अमिर दोङ र नायक कुमार मोक्तान बीच “महानायक” उपाधिका लागि विवाद भइरहेका थिए ।

बिरिसु मिडियाले मंसिर २५ गते काठमाडौँको प्रज्ञाभवनमा सम्पन्न भएको स्टार म्युजिक एण्ड फिल्म अवार्ड २०७८ बाट तामाङ समुदायको नायक अमिर दोङलाई महानायकको अवार्ड प्रधान गरेको छ । उक्त कार्यक्रममा अर्का नायक कुमार मोक्तानालाई मेगा स्टार अवार्ड दिएको छ । उन्नचास विधामा अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका उप–सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताउनु भएको थियो । “यो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एंव शुभकामना छ । सम्पुर्ण भाषाभाषीलाई समेटेर अवार्ड वितरण गरेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कलाकारलाई थप हौसला बढाउन अवार्ड कार्यक्रमले सहयोग पुग्ने बताए ।

त्यसैगरी बिशिष्ट अतिथिको रुपमा बोल्दै नेपाल चलचित्र कलाकार संघका पुर्व केन्द्रिय सदस्य डिबी बम्जनले अवार्ड कार्यक्रमले सांगीतिक र चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई अझ प्रोत्साहन मिल्ने बताए ।

अवार्ड कार्यक्रमको जुरीतर्फ विश्व दोङ,रञ्जित लामा, पञ्चमाया तामाङ“सुस्मिता”, राज किङ वाइबा रहेका थिए । कार्यक्रमका सभापती एवम् बिरिसु मिडिया प्रा.लि.का अध्यक्ष विवेक लोप्चनले बिरिसु मिडिया र टिमले कोरोनाले सुस्ताएको सांगीतिक क्षेत्रलाई माथी उकास्न सहयोग गरेको बताए ।

कार्यक्रममा दुर्गा नाथ दाहाल (समाजसेबी) लाई बिरिसु बर्ष समाजसेबी सम्मान(२०७८ु बुद्धी तामाङ (कलाकार)लाई बिरिसु बर्ष कलाकार सम्मान(२०७८), नायक कुमार मोक्तानलाई तामाङ् मेगा स्टार घोषणा, नायक अमिर दोङलाई तामाङ चलचित्र जगतका महानायक घोषणा, चन्द्र कुमार दोङलाई सेलो किङ घोषणा, यमन माझीलाई माझी किङ घोषणा, सबिता पोखरेललाई बिरिसु छापा मिडिया पत्रकारिता सम्मान(२०७८ु, राजु बोहोरा (रेडियो कर्मी)लाई बिरिसु बर्ष रेडियो पत्रकारिता सम्मान(२०७८), तुलसी गिरि (भावुक )लाई बिरिसु रंग पत्रकारिता सम्मान(२०७८), शोभा त्रिपाठीलाई बिरिसु टेलिभिजन रंग पत्रकारिता सम्मान(२०७८) गरी १० जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टेलिसिरियल जुठे, भद्रगोल र मेरो कथालाई पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमलाई कर्म लोले सञ्चालन गरेका थिए भने उज्यालो नेटवर्क र भिजन न्युज नेपालले सपोर्ट गरेका थिए । कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »