सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायिका राेश्नी ब्लाेनकाे पहलमा ४५ परिवारलाई जाडाेकाे कपडा वितरण

काठमाडाैँ । प्रदेश नं. २ काे बारा जिल्ला नीजगढ नगरपालिका वडा नं. १ सिगाैलमा रहेका विपन्न ४५ घरपरिवारका लागि नायिका राेश्नी ब्लाेनकाे पहलमा जाडाेका लत्ताकपडा वितरण गरेका छन् ।
नायिका राेश्नी ब्लाेनले केही दिन अगाडी मात्र त्यहाँका केही विपन्न परिवारका एक महिलाकाेबारेमा आफ्नाे व्यक्तिगत सामाजिक संजालबाट त्यहाँकाे अवस्थाबारेमा पाेष्ट गरेका थिए । त्यसैकाे आधारमा उनलाई मलेसियाका केही संघ सस्था र नेपालका व्यवसायिक संस्थाहरूले जाडाेका कपडाहरू पठाएकाे थियाे ।

तराईमा अहिले शीत लहरकाे समस्याले जनजीवनलाई असर पारेकाे छ ।


वडा नं. १ सिगाेलका वडा अध्यक्ष मंगल सिं लाेप्चनकाे प्रमुख आतित्थ्यतामा ४५ परिवारका लागि लत्ताकपडा वितरण गरिएकाे नायिका राेश्नी ब्लाेनले सारा खबरलाई जानकारी दिनुभएकाे छ ।


उहाँले भन्नु भयाे ”मलेसियाकाे Agensi pekerjaan Man Sdn. Bhd. र M99 Travel Sdn.Bhd. कम्पनीका साथमा जाेरपार्टीमा रहेकाे नाेर्साङ कार्पेट उद्याेग र Times of khabar.com काे विशेष सहयाेगमा ति परिवारका लागि जाडाेकाे लत्ताकपडा वितरण गर्न सकेकाे हाे । उहाँहरूकाे याे सहयाेगलाई म कहिले पनि विर्सन सकिदैन ।”

भर्खरै

सम्बन्धित खबर

Language »