सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायिका राेश्नी ब्लाेनकाे ”ए बिना” म्यूजिक भिडियाे सार्वजनिक

काठमाडाैँ। तामाङ सांगीतिक क्षेत्रमा मात्र नभई चलचित्र क्षेत्रमा नायिकाकाे पहिचान कमाउन सफल नायिका तथा माेडल राेश्नी ब्लाेनकाे नयाँ म्यूजिक भिडियाे डम्फु मिडियाबाट सार्वजनिक भएकाे छ।

निमा दाेङ र पुजा तामाङकाे आवाज रहेकाे ”ए बिना’ ला ए गीतमा काेरियाेग्राफी अमिर दाेङकाे रहेकाे छ। असाेज २३ गते शुक्रबार मात्र आप्पाकी छाेरी म्यूजिक भिडियाे सार्वजनिक गरेकी गायिका पुजा लामाकाे लागि याे म्यूजिक भिडियाेले तामाङ सांगीतिक क्षेत्रमा अगाडी बढन्ने नव अनुहारकाे रूपमा चिनाउने पक्का पक्की भएकाे देख्न सकिन्छ भने नायिका राेश्नी ब्लाेनकाे लागि पनि याे माेडलिङ क्षेत्रमा आफ्नाे पहिचानलाई अझ धेरै माथि उठाउने एउटा खुड्किलाे पनि हाे भने उनका लागि याे चुनाैति पनि हाे।

माेडलमा तुल्साङ माेक्तानले साथ दिएकाे छ। तुल्साङ माेक्तान नयाँ अनुहार भने हाेइन। उनले पनि तामाङ चलचित्रमा नायककाे भुमिका निर्वाह गरिसकेका छन् ।

म्यूजिक भिडियाेलाई हेर्दा र सुन्दा तामाङ सांगीतिक क्षेत्रमा नयाँ उदाउदाे अनुहारसँग स्थापित कलाकारहरू पनि निरन्तरतामा छन् भने एक उदाहरणकाे रूपमा नायिका राेश्नी ब्लाेन र नायक तुल्साङ माेक्तानले देखाउने खाेजेकाे देखिन्छ ।

गायक निमा दाेङले तामाङ सांगीतिक क्षेत्रमा धेरै राम्राे गीतहरूमा आवाज दिएकाे छ। उनले गाएकाे गीतहरू धेरै चर्चाकाे शिखरमा छन्। याे ए बिना म्यूजिक भिडियाे पनि सबैले रूचाउने सम्भावन धेरै देखिएकाे छ तर चिनेकाे अनुहारकाे आधारमा अहिले नै सांगीतिक क्षेत्रमा चर्चा पाउँछन् भनेर ठाेकुवा भने गर्न सकिदैन।


यसकाे कारण नायिका राेश्नी ब्लाेनकाे याे भन्दा अगाडीकाे म्यूजिक भिडियाे मुग्लान ह्युल सार्वजनिक भएकाे थियाे तर दर्शकले त्याे म्यूजिक भिडियाेलाइ खासै रूचाएन् ।

गायक निमा दाेङ तामाङ समुदायमा राम्राे पहिचना कमाउन सफल गायक हाे तर अन्य गायककाे तुलनामा पर्दा पछाडी नै लुकेर बसेकाे गायककाे रूपमा चिन्दै आएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »