सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायिका सुहाना थापाले‘डिसेम्बर फल्स’काे प्रस्ताव स्वीकार्लन् त ?

काठमाडाैँ। नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’पछि नै चर्चामा रहेकी सुहानाले होम प्रोडक्शन भन्दा बाहिरको चलचित्रमा काम गरेकी छैनन् ।

तर, सुहानालाई चलचित्रको अफर भने आइरहेको छ । शनिबार घोषणा भएको चलचित्र ‘डिसेम्बर फल्स’बाट पनि सुहानालाई अफर गएको वुझिएको छ । नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्रका लागि नायिकाको खोजी जारी छ ।

सुहानाका पिता सुनिलकुमार थापाले पनि ‘डिसेम्बर फल्स’बाट अफर आएको कुरा स्विकार गरे । उनले भने–‘सुहानालाई चलचित्रको अफर आएको थियो । उनले स्क्रिप्ट पनि पढिसकेकी छिन् । तर, काम गर्ने वा नगर्ने पक्का भएको छैन ।’

यो चलचित्रले नायक र नायिकाको उमेर अन्तरको कथालाई देखाउनेछ । यसैले पनि आर्यनका लागि सुहानालाई अफर गरिएको वुझिएको छ ।

सुहानाले पनि चलचित्रको कथा मन पराएकाले काम गर्ने विश्वास निर्माणपक्षको छ । चलचित्रको छायांकन माघबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष रहनुको एक कारण सुहानाले काम गर्छिन् भन्ने आशा पनि हो ।

दुई चलचित्रमा अहिलेका चकलेटी नायक अनमोल केसीसँग काम गरेकी सुहाना आर्यनको जोडी बन्न तयार होलिन् त, प्रतिक्षा गरौ ।

भर्खरै

सम्बन्धित खबर

Language »