सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायिका स्वेता खड्का यही २२ गते वैवाहिक सम्बन्धमा बाँधिदै

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्काले यही मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्दै छिन् । उनको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने पक्का भएको छ । विगत केही समययता उनीहरू प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ ।

नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी नायिका श्वेताले उनै नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । त्यसबेला श्री र स्वेताको चलचित्र “कोहिनूर” प्रदर्शनको क्रममा थियो । श्रीमानको निधन पश्चात् स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरी नायक दयाहाङ राईसँग अभिनय गरिन् ।

त्यसयता उनी विभिन्न सामाजिक कार्य तथा समाजसेवामा आवद्ध छिन् । २०७२ सालको भुकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोक जिल्लामा उनले ५६ घर एकीकृत माझी बस्ती निर्माण सम्पन्न गरिन् । हाल वैवाहिक जीवनमा बाँधिन लगेकी उनै नायिका स्वेता खड्का आफूले नायक श्रीकृष्णलाई धेरै सम्झिने र श्रीलाई सम्मान गर्नेसँग मात्र विहे गर्ने बताउँछिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »