सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणी अस्पतालबाट आइतबार राति ४ महिने शिशुसहित एकै परिवारका १८ जना डिस्चार्ज

वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।

अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।
यसअघि शनिबार पनि नाराणी अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए । जसमध्ये तीन जना पर्साका, तीन जना राैतहटका, २ जना बाराका र एक जना भारतीय नागरिक थिए ।

वीरगञ्जमा आइतबार रातिसम्म काेराेना निकाे भएर फर्कने कुल २९ जना रहेका छन् । जसमध्ये वैशाख १४ गते ४ जना (जसमध्ये २ जनामा पुन: संक्रमण देखा परेपछि अस्पताल भर्ना भएका), जेठ १० गते ९ जना (पुन: भर्ना भएकासहित २ जना) र जेठ ११ गते एकै परिवारका १८ जना रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »