सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नवलपरासी / ०६ साउन ।
नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको हो।

नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भू-आर्जन अधिकारी तारा सिहंले जानकारी दिनुभयो।

नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ। सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको अधिकारी सिंहले बताउनुभयो।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने जनाइएको छ ।

नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »