सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायण शुसिल पंगेनी ईन्टरट्रीटमेन्ट प्रा. लि. को ” हिड्दा हिड्दै” चलचित्र को शुभ मुहुर्त सम्पन्न

मिलन आले मगरको निर्देशनमा प्रेम कथानक चलचित्र ‘हिड्दा हिड्दै’ निर्माण हुने भएको छ । कोरोना भाइरसका कारण बिगत सात महिना यता फिल्मसम्बन्धी औपचारिक कार्यक्रम आयोजना हुन नसकेको अवस्था मा यो फिल्मले राजधानीमा सोमबार प्रेसमिटै गरेर शुभ मुर्हत सम्पन्न गरेको छ। नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा आकाश श्रेष्ठ, सलोन बस्नेतका साथमा नवनायिका रेखा शाह प्रमुख भूमिकामा रहेको फिल्म ‘हिड्दा हिड्दै’ कोरोना कहरपछिको औपचारिक रुपमा घोषित पहिलो फिल्म बन्न पुगेको छ ।

No description available.

आले मगरको निर्देशनमा बन्ने फिल्मको शुभमुर्हुत समारोहमा कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए । रंगपत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको मुर्हत सर्टमाआकाश, सलोन र रेखाले अभिनय गरेका थिए । चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले क्यामेरा स्वीच अन, रंगपत्रकार डब्बु क्षेत्रीले क्ल्याप र चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले नरिवल फोडेका थिए । असोज दोश्रो साताबाट छायांकन थालिने ‘हिड्दा हिड्दै’ को निर्मातामा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता छन् । सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।

No description available.

काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन,बसन्त सापकोटाको संगीत,कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप,निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहने छ

No description available.

सुमनकुमार तण्डुकारले खिच्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् । कार्यक्रममा अभिनेता आकाशले फिल्ममा आफू लभर ब्वाइको रुपमा देखिने बताए । अभिनेता सलोनले आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए । नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् । फिल्मकी एक नायिकाको छनौट हुन बाँकी रहेको बताइन्छ ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »