सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘नासा’ का वैज्ञानिकले सौर्य मण्डलबाहिर पृथ्वीको जत्रै आकारको नयाँ ग्रह फेला

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ का वैज्ञानिकले हाम्रो सौर्य मण्डलबाहिर झन्डै पृथ्वीको जत्रै आकारको नयाँ ग्रह पत्ता लगाएका छन् । सय प्रकाश वर्ष टाढा रहेको यो ग्रहको नाम ‘टीओआई ७०० डी’ दिइएको छ ।

नासाको प्लानेट–हन्टिङ टेलिस्कोप ‘टीईएसएस’ ले पत्ता लगाएको नयाँ ग्रहमा एउटा विशाल सागर अटाउन सक्ने वैज्ञानिकहरूको दाबी छ । यो ग्रह आफ्नो तार रहने योग्य क्षेत्रमा रहेको पाइएको छ । ग्रहले हाम्रो सूर्यको ४० प्रतिशत पिण्ड भएको एउटा रातो तारालाई परिक्रमा गरिरहेको छ ।

सौर्य मण्डलबाहिर रहने यो ‘एक्सोप्लानेट’ पृथ्वीको तुलनामा २० प्रतिशत ठूलो छ । यसले सूर्यबाट पृथ्वीले जतिकै करिब ८६ प्रतिशत प्रकाश शक्ति ग्रहण गर्न सक्छ । यो ग्रह नजिकै रहेको ताराको चारैतिर पानी तात्न सक्ने वातावरण छ । शोधकर्ताहरूले ग्रहको सतह र वातावरणीय तत्त्व जानकारी प्राप्त गर्न थप अनुसन्धान गरिरहेका छन् ।

शोधकर्ताले पृथ्वीबाहेकको यस ग्रहमा जीवनको सम्भावना देखेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »