सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निजीस्तरमा खुलेका प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले निजीस्तरमा खुलेका प्रयोगशालाबाट पनि निःशूल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजालसले निजीस्तरमा खुलेका प्रयोगशालाबाट पनि निःशूल्क कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।

यही १५ असोजमा दिएको आदेशको आज (मंगलबार) जारी पूर्णपाठमा सरकारले आदेश नदिएमा त्यस्तो आदेश अदालत आफैंले दिने पनि उल्लेख गरिएको छ ।

त्यस्तै, निजी प्रयोगशाला नाफामूलक संस्था भए पनि कोरोना महामारीको समयमा सरकारको निर्देशन र शुल्क निर्धारणलाई मान्नुपर्ने जनाउँदै कम्पनीहरूको सामाजिक दायित्व अन्तर्गत पनि उनीहरूले सेवा दिन अस्वीकार गर्न नमिल्ने उल्लेख गरिएको छ ।

फैसलामा भनिएको छ, ‘निजी प्रयोगशालाले संविधानले नागरिकलाई दिएका हकको ‘म सम्मान गर्दिनँ’, ‘मलाई संविधानको मतलब छैन’ भन्न मिल्दैन । उनीहरूले त्यसो भनेमा सरकारले आदेश दिनुपर्छ । सरकारले आदेश नदिएमा यस अदालतले त्यस्तो आदेश दिनसक्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »