सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निजी विद्यालयहरुले लकडाउन अवधिभरको शुल्क नलिनु : अनेरास्ववियू

काठमाडौं / असार ८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीबाट लकडाउन अवधि भरको कुनै पनि शुल्क नअसुल्न निजी विद्यालयलाई चेतावनी दिएको छ ।

अनेरास्ववियूले कोरोना भाइरसको महामारीको कारण अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका समयमा शुल्क उठाउने निजी विद्यालयहरुको घोरनिन्दा र भत्र्सना समेत गरेको छ ।

नेशनल प्याब्सन र एन प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेको थियो।

सोमबार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले प्याब्सन र नेशनल प्याब्सनले अव्यवहारिक निर्णय गरेकोले फिर्ता लिन माग गरेका हुन्।

निजी विद्यालयको उक्त निर्णयले कोरोनाले असहाय बनाएका अभिभावक र विद्यार्थीमाथि थप बोझ थपेको निष्कर्ष समेत निकालेको छ । उक्त बोझ कम गर्न अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन अपील गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »