सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निरन्तर विवादमा तानिदै आएको भरतपुरको कोरोना अस्थायी अस्पताल बन्द

चितवन । भरतपुर महानगरपालिकाको अग्रसरतामा निमार्ण गरिएको भरतपुर कोरोना विशेष अस्पताल बन्द भएको छ ।

कोरोना संक्रमण सुरु हुनुभन्दा अघि महानगरको नेतृत्वमा ७२ घण्टा भित्र निर्माण गरिएको अस्पताल बन्द गरिएको भरतपुर अस्पतालले मंगलबार प्रेस विज्ञप्ती निकालेर अस्पताल बन्द गरिएको जनाएको हो । निर्माणको समय देखिनै बिबादमा फस्दै आएको अस्पताल बन्द भएको हो ।

उक्त अस्पतालमा संक्रमित बिरामीहरु सुत्ने बेडमुनि बाथरुमको पानी बग्‍न थालेको थियो । अस्पतालमा भर्ना भएका संक्रमितहरुले नै भिडियो सार्वजनिक गरेर बेडमुनी पानी बग्‍ने गरेको दृश्य देखाएका थिए ।

अस्पतालले निकालेको विज्ञप्तीमा यो विषयमा केही बोलिएको छैन । त्यहाँ रहेका चारजना संक्रमित डिस्‍चार्ज भएको, भर्ना भएका अन्य १८ जना संक्रमितलाई शनिबार र आइतबार भरतपुरको सरकारी अस्पतालमा सारेपछि उक्त कोरोना विशेष अस्थायी अस्पताल बन्द गरेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने विज्ञप्तीमा जनाइएको छ।

गत वैशाखदेखि उक्त अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालले हेर्दै आएको थियो । भरतपुरमा चितवन उद्योग संघले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रमा कोरोना विशेष अस्थायी अस्पताल तीन महिनाका लागि भनेर उपलब्ध गराएको डा.तिवारीले बताए ।

कोरोनाको उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गत चैतमा जिल्लाका सरकारी, शिक्षण र निजी अस्पताललाई सबैमा कम्तीमा ७० बेडको आइसोलेसन वार्ड बनाउन भनेको थियो । लगत्तै भरतपुर महानगरपालिकाको संक्रियतामा जिल्लाका अन्य अस्पताल र निजी क्षेत्र भेला भएर भरतपुर क्षेत्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय गरेका थिए ।

उक्त निर्णय भएको ७२ घण्टाभित्रै चैत ७ गते अस्थायी अस्पताल तयार भएको थियो । चैत १९ मा यो अस्पतालको व्यवस्थापन भरतपुर अस्पताललाई जिम्मा लगाउने निर्णय भएको थियो । अस्थायी अस्पतालबाट हालसम्म २८ जना संक्रमितको उपचार भएको भरतपुर अस्पतालले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »