सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्वाचन आयोगले दिएको चुनाव चिन्हमा त्रुटी : स्वतन्त्र उम्मेदवारहरु मुद्धा हाल्ने तयारीमा

काठमाडौं । राज्य संचालनको मुख्य भुमिका खेल्ने कार्यापालिका जस्तो महत्वपुर्ण निकाय बनाउने जिम्मेवारी पाएको निर्वाचन आयोगले यस्तो गल्ति गर्ला भन्ने कसैलेपनि सोच्नै नसक्ने कुरा हो तर निर्वाचन आयोगले दिएको चुनाव चिन्हमा त्रुटी भेटीएको छ ।
बेला बेलामा राज्यका यि महत्वपुर्ण निकायहरुले गल्ति गर्दा राज्यलाई ठुलो घाटा लाग्ने मात्र होईन ति संस्था माथिको विस्वसनियता माथिनै शंका गर्नुपर्ने अवस्था आउँछ त्यसैले पुन यस्तो नहोस् भन्ने हेतुले स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आयोगलाई सचेत गराउँदै नसच्चिए मुद्धाहाल्ने तयारी गरेको बताएका छन् ।
यो बिषयमा हाम्रो टिमले तयार गरेको एक रिपोर्ट
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन आयोग ले २०७९ असोज २३ गते दुवै सभाको उम्मेदवारी दर्ता गराउने कार्य सम्पन्न गर्यौ ।
निर्वाचन आयोगले २५ गते सम्म आफ्नो आन्तरिक कार्यहरु सम्पन्न गरेर २६ गते उम्मेदवारी फिर्ता लिने , उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पार्टी र स्वतन्त्र उम्मेदवार हरुलाई चनाव चिन्ह प्रदान गर्ने काम समेत सम्पन्न गर्यो ।
चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवारहरु आ—आफ्नो तरिका बाट चुनाव प्रचार प्रसारमा लाग्न नपाउँदै निर्वाचन आयोगले प्रदान गरेको चिन्ह र नाममा फरक पाईए पछि स्वतन्त्र उम्मेदवारहरु रिसाउँदै निर्वाचन आयोग पुगेका छन् ।
नाममा डोजर लेखिएको तर फोटोमा रोलर राखिएको , हाम्रो नेपाली पार्टी ले पाईसकेको लौरो चुनाव चिन्ह समेत स्वतन्त्र उम्मेदवारको नाममा दिईएको र खुकुरी क्रस चिन्ह नमिलेको भन्दै आयोगमा उजुरी परेको छ ।
निर्वाचन आयोग को यो गल्तिको कारण स्वतन्त्र उम्मेदवार हरुले आफ्नो प्रचार प्रसारको समय गुमाउनु परेको त छनै राज्यकोषको धेरै रकम समेत घाटा भएको देखिन्छ ।
मतपत्र छपाईको अन्तिम तयारीमा पुगेको निर्वाचनले आयोग यहि कारण आज मतपत्र छपाई गर्न नसक्ने भएको छ ।
यो बिषयमा निर्वाचन आयोगका केहि कर्मचारी हरु आफु बोल्न नमिल्ने भन्दै पन्छिन खोजेको देखियो भने केहिले यो सामान्य त्रुटि भएको र कार्यबिधि मिलाएर यसलाई सच्याउने काम भइरहेको बताए ।
निर्वाचन आयोगको यो लापर्वाहिले चुनावको बिषयमा भन्दा पनि त्यहाँका कर्मचारी चुनावको समयमा आउने ओभरटाईम बाट आउने रकम र भत्ता तिर मात्र आकार्षित भएको देखिन्छ ।
निर्वाचन आयोगका कर्मचारीले यसलाई सामान्य त्रुटि भने पनि बोर्ड बैठक बसेर कार्यबिधिनै सच्याउनुपर्ने बिषय कसरी सामान्य हुन सक्छ ? निर्वाचन आयोगलाई हाम्रो प्रश्न
कम्प्युटरमा बसेर दर्जनौ पटक हेरेर मात्र निर्णय गरिने चुनाव चिन्ह जस्तो बिषयमा चिन्ह दाहोरीने , उल्टो चिन्ह हुने तथा नाम एकाथरी चिन्ह अर्का थरी हुँदा समेत त्यसलाई सामान्य त्रुटि भनेर पन्छिन खोज्ने निर्वाचन आयानेगका कर्मचारीलाई केहि बिभागिय कार्वाहि होला कि नहोला ?? आम नागरिकको जिज्ञाँसाको बिषय बनेको छ ।
चिन्हको मुनि नाम लेख्दा त्यो के हो भनेर हेर्न समेत नजान्ने कस्ता कर्मचारीलाई कामको जिम्मा लगाईएको हो ???
हुन पनि राजनैतिक पहुँच र पावरको आडमा त्यहाँ पुगेका ति कर्मचारीहरुबाट के आशा गर्न सकिन्छ र ?
आफ्नो जिम्मामा परेको काम प्रति प्रतिबद्ध किन भएनन् ति कर्मचारी भनेर प्रश्न सोध्ने चाहि को ?
यस्ता लापर्वाहि गर्ने कर्मचारीलाई तुरुन्तै जागिरबाट बर्खास्त गरेर कार्वाहि गर्न नसके ति कर्मचारी बाट भोलिका दिनमा यो भन्दा जघन्य प्रकृतिका गल्ति नहोला भन्न सकिन्न ।

भर्खरै

सम्बन्धित खबर

Language »