सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नि:शुल्क उपचारपछि हेलिकप्टरमा घर जाँदै पि.एच.डी (Phd) बाबा

काठमाडौं, ग्रीन सिटि अस्पतालका अध्यक्ष लोक बहादुर टंडनको संयोजकत्व तथा विभिन्न संघ संस्थाहरुको प्रत्यक्ष संलग्नतामा संचालित चक्रपथ सरसफाइ महाअभियान आजको सरसफाइ कार्यक्रम सहित १४६ औं हप्ता पूरा गरेको छ। बसुन्धारा क्षेत्रबाट सरसफाईका शुरु गरिएको आजको कार्यक्रम लगतै, ग्रिनसिटि हस्पिटलले उद्धार गरेको रोमाकान्त भण्डारी पि.एच.डी (Phd) बाबालाई नि:शुल्क उपचारपछि पत्रकार सम्मेलन गरि उहाँकै गृह जिल्ला पठाउने गरि बिदाइ गरिएको हो।

३० वर्षदेखी परिवार छोडेर जंगलमा बस्दै आएका पिएचडी (Phd) बाबालाई करिब दुई महिना अगाडि दुई पत्रकारहरुले उद्धार गरि अस्पतालमा ल्याएपछि अस्पतालले उपचार थालेको उनले बताए। सिजोफेनिया नामक रोगबाट ग्रसित पिएचडी (Phd) बाबालाई उपचार पश्चात् उनको गृह जिल्ला गुल्मीमा हवाईजहाज मार्फत पुर्याइने पनि अभियन्ता टण्डनले सारा खबरसँगको कुराकानीमा बताएका छन्।

टण्डन भन्छन्, ‘हेलिकप्टर चढ्ने भण्डारीको सपना पनि पूरा हुने र उनलाई उनको घरसम्म पनि सहजै पुर्याउन सकिने भएकोले आइतबार ४ बजेको दुईवटा टिकट काटेको छु। उहाँलाई पुर्याउन म स्वयं उनीसँगै गुल्मी जानेछु।’

कार्यक्रममा गायक तिलक बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। अबको अभियान गुल्मीमा पिएचडी (Phd) बाबाको जग्गामा रोमाकान्त भण्डारी आश्रम बनाउने उद्घोष हुने बित्तिकै त्यहाँ उपस्थित थुप्रै अभियन्ताहरुले सहयोग उपलब्ध गराउने क्रम शुरु भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »