सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमन दर र मृत्युदर ह्वात्तै बढ्यो

काठमाडौं – निषेधाज्ञा खुकुलो बनाएसँगै नेपालमा फेरि कोरोना भाइरसको संक्रमण दर र यसबाट हुने मृत्यु दरमा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको हो।विज्ञहरुले पहिलो र दोस्रो लहरबाट आक्रान्त बनेको नेपालमा तेस्रो लहरको जोखिम रहेको भन्दै आवश्यक तयारी गर्न सुझाव दिइरहेका छन् ।पछिल्लो सातामात्रै १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको सरकारी तथ्यांक छ । यो अवधीमा २०७ जनाको मृत्यु भएको छ । नेपालमा बिहिवार सार्वजनिक तथ्यांक अनुसार २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको कुल ९ हजार १ सय २२ पीसीआर परीक्षणमा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ५९ जनाको एन्टीजेनबाट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरी नेपालमा कोरोना संक्रमणको कारण थप २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्ला केहि दिनयता काठमाडौं उपत्यकाको पनि कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये काठमाडौंमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »