सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाकाे सरकारलाई बिराेध गर्नुकाे कुनै अर्थ छैनः अमित लामा (युवा नेता)

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीकाे युवा नेता अमित लामाले पार्टीमा जस्ताे सुकै विवाद चर्केता पनि प्रधानमन्त्री केपी ओलिकाे विकल्प खाेज्न नमिल्ने बताउनु भएकाे छ ।

अहिलेकाे याे विपदमा प्रधानमन्त्री केपी ओलिकाे सरकारलाई नै निरन्तरता दिएर समस्याकाे समाधान गर्नु नै राष्ट्र र पार्टीलाई हित हुने उहाँकाे दाबी रहेकाे छ ।
”कुन पार्टीमा अन्तरद्वन्द छैन ? विवाद चलिरहन्छ तर पार्टी फुट्छ, सरकार ढल्छ भन्नु मुर्खता हाे ।” सारा खबरकाे विशेष संवादमा उहाँले बताउनु भयाे ।

राष्ट्रिय समाजवादी पार्टीकाे विरूद्धमा निर्वाचन आयाेगमा किन जानु भएकाे ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ । ”कुनै पनि पार्टीकाे विधानमा नेपाललाई बहुराष्टु भनेर संवाेधन गर्न पाइदैन । नेपालमा विभिन्न जात, जाति हाेला , भाषा फरक फरक बाेल्छ । तर नेपाल एक राष्ट्र हाे । बहुराष्ट्र हुनसक्दैन । त्यसैले राष्ट्रिय समाजबादी पार्टीकाे विरूद्धमा निर्वाचन आयाेगमा दर्ता गर्न पाइदैन भनेर निवेदन लिएर गएकाे हाे ।”

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »