सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो ।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ । जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको प्रस्ताव जस्ताको तस्तै पारित गरी ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ ।

राजनीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ । राजनीतिक प्रतिवेदनमा साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ ।

यसरी पठाइएका प्रपतिवेदनहरु साउनको अन्तिम सातामा समग्र अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »