सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

आजको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ ।

ओली र प्रचण्डबीच यहि साउन ९ गतेपछि छलफल हुन सकिरहेको छैन । दुवै अध्यक्षबीच सहमति हुन नसक्दा नेकपाको विवाद मिल्न सकिरहेको छैन ।

यस अघि सोमबार दुई पक्षले स्थायी कमिटीमा रणनीति बनाउन भन्दै हिजो आ–आफ्ना पक्षका नेतासँग छलफल गरेका थिए ।

प्रचण्ड-नेपाल पक्ष खुमलटारमा भेला भएका थिए भने प्रधानमन्त्री ओलीले पनि नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

प्रचण्ड-नेपाल समुह प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्न खोजे पनि बैठक नरोक्ने र बहुमतले निर्णय गरेर अगाडी बढ्ने रणनितिमा रहेको छ भने ओली समुहले बहुमत-अल्पमतको आधारमा निर्णय नगर्ने पक्षमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »