सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दशैंको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालीहरुको ठुलो चाडवाडको रुपमा परिचित दशैं ,तिहार ,छठ , नेपाल संवत्को नयाँ वर्ष लगायत चाडहरु नजिकिदै गर्दा धमाधम शुभकामना आदान प्रदान,भेटघाट तथा चियापान समारोहहरु भईरहेका छन् ।
यि चाडहरुको अवसरमा सिन्धुपाल्चोकबाट काठमाडौं आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका माओवादी कार्यकर्ता तथा समर्थकहरुलाई लक्षित गरि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं १ र २ ले भिन्दाभिन्दै स्थानमा शुभकामना आदान प्रदान प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं १ ले काठमाडौं जडिबुटी स्थित रोयल जडिबुटी ब्याङ्क्युट र क्षेत्र नं २ ले बौद्ध टुसालको ज्योति ब्याङ्क्युटमा कार्यक्रम गरेको हो ।
प्रदेश नं.१मा सिन्धुपाल्चोक का युवा नेता माधव सापकोटा(सुबोध) र क्षेत्र नंं २मा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल(शरद) को प्रमुख आतिथ्य तथा अन्य नेताहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आगामि निर्वाचबाट माओवादीलाई कसरि स्थापित गराउने , चाडवाड हरुलाई सरल र सामान्यकृत गर्दै कसरि रुपान्तरण गर्दै लैजाने आम जिवन ब्यबहारलाई पार्टी संग कसरी जोड्ने भन्ने बिषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो ।
कार्यक्रमले अरु बिभिन्न पार्टी परित्याग गरि आउने नेता कार्यकर्ता हरुलाई समेत सम्मानजनक स्थान दिने निर्णय गर्दै दर्जनौ नेता कार्यकर्ता लाई पार्टी प्रबेश समेत गराएको थियो ।
कार्यक्रमबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ र २ अन्तरगतका प्रदेश समन्वय समितिहरु समेत घोषणा गरि बिभिन्न जिम्बेवारी समेत दिने कार्य सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ को कार्यक्रम बलेफी काठमाडौं सम्पर्क समन्वय समितिका उपाध्यक्ष विश्वराम पराजुलीको शभापतित्वमा , पालिका अध्यक्ष सुवाश तामाङले सन्चालन गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »