सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाले भोलि ४ बजे सचिवालय बैठक बोलायो, एमसीसीबारे छलफल हुने

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)ले सोमबार सचिवालय समितिको बैठक बोलाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

नेकपलाका अध्यक्ष प्रचण्डलगायतका नेताहरुले ‘एमसीसी’बारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शली ओली भने एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा हुनुहुन्छ । यसैबीच कार्यदलले एमसीसी सम्झौता परिमार्जन गरेर मात्रै संसदबाट पास गर्न सुझाव दिइसकेको छ ।

कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »