सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एमालेका (चिन्टु) वर्मा र काँग्रेसका जायसवाल जसपामा प्रवेश

नेपालगञ्ज, नेकपा एमाले बाँके जिल्ला कमिटीका सदस्य जयप्रकाश कुर्मी (चिन्टु) जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा टिकट बाँडफाँडमा असन्तुष्ट रहेका चिन्टुलाई मंगलबार जसपाका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पार्टीमा प्रवेश गराउनुभएको हो ।

कुर्मी स्थानीय तहको निर्वाचनअघि दलबल सहित एमालेमा प्रवेश गर्नुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कृष्ण कार्कीले ८९६ मत प्राप्त गरी विजयी हुदा स्वतन्त्र उम्मेदवारी दिएका चिन्टुले ४०४ मत प्राप्त गरी तेश्रो बढि मत प्राप्त गर्नुभएको थियो ।

श्रोतका अनुसार चिन्टुको आफनो दावी नभएपनि आफनो समूहका एकजनालाई पनि वडा सदस्यको टिकट नदिएपछि उनी असन्तुष्ट थिए । पार्टीमा लामो समयदेखि योगदान दिएकालाई बेवास्ता गर्दै नवप्रवेशी मध्ये कसैलाई अवसरै अवसर प्राप्त हुँदा कसैलाई बेवास्ता गर्ने नेतृत्वको कमजोरीका कारण चिन्टु एमालेमा टिक्न नसकेको नगर कमिटीका एक नेताले बताउनुभयो ।

यसैगरी मंगलबार नै नेपाली काँग्रेसका युवा नेता दिगम्बर जायसवाल पनि जसपामा प्रवेश गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »