सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा (एमाले) मरेको लाश होः संविधान सदस्य विदुर सापकोटा

काठमाडौँ । नेकपा (एकिृत समाजवादी) काभ्रे तेमाल ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्च गठनको क्रममा संविधान सभा सदस्य तथा नेकपा (एकिकृत समाजवादी)का नेता विदुर सापकोटाले नेकपा (एमाले) अब मेरेका लाश भएको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । “वयालीस वर्षसम्म एमालेमा बसेर संगठन विस्तार गर्यो । हामीले हजारौ नेता कार्यकर्ता जन्मायौ तर अध्यक्ष केपी ओलीले एमालेलाई प्राण नभएको लाश बनाइ दियो । अब एमाले जीवित रहेन । यसको कुनै अर्थ छैन । त्यसकारणले हामीले नयाँ संगठनको विस्तार गरेका हौ । त्यो हो एकिकृत समाजवादी । हाम्रो यो पार्टीमा हरेक तह तप्काका व्यक्तिहरुलाई स्वागत गर्न हामी आत्तुर छौ । यो पार्टीले नै जनताको वास्तविक मागलाई पुरा गर्ने छौ ।”

विशेष अतिथि दिपक गौतमले काभ्रेमा मात्रै हैन देशैभरी एकिकृत समाजवादी पहिलो पार्टी हुने दाबी गर्नुभयो भने नेता पासाङ डोल्मो तामाङले संगठित पद्धतिमा नारीहरुले सम्मान अधिकार पाउनका लागि एकिकृत समाजवादीकै शासन सत्ता आउनु पर्ने बताउनु भयो ।

प्रदिप लामाले नेकपा (एकिकृत समाजवादी)पार्टीले मात्र राष्ट्रलाई निकाशा दिन सक्ने दाबी गर्नुभयो । तेमालमा अब एकिकृत समाजवादी बाहेक अरुको विकल्प नभएको बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »