सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना : छोरा- बुहारी गम्भीर घाइते

बर्दिबास, पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना भएको छ । महासचिव मैनाली आफ्नो परिवार साथ दुर्घटनामा परेका हुन् । मैनाली सङ्गै उनका छोरा, बुहारी, नाति र चालक सहित झापाबाट काठमाडौं आउँदै गरेको ना ७ च २१२० नम्बरको कार बर्दिबास स्थित कालापानीमा विपरीत दिशाबाट आइरहेको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मैनालीका ३० वर्षिय छोरा सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षिय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दुर्घटनामा मैनाली र बुहारी पूजा गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको बर्दिवास स्थित जनसेवा हस्पिटलमा भइरहेको छ । उनीहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »