सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा विवाद समाधानका लागि घनश्याम भुषालको तीन सूत्र

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य एवं कृषि मन्त्री घनश्याम भुषालले पार्टी एकता बचाउन संवादमा जोड दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र पार्टी विभाजनसम्मको खतरा रहेको संकेत गरेका छन् ।

विगतमा एमाले र माओवादी विभाजनको उदारण दिँदै उनले संस्थागत प्रणालीभित्रै समाधान खोज्नेसहितका तीन सूत्र अगाडि सारेका छन् ।

सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थीर हुँदै गयो । २०६४-६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्,’नेता भुषालले लेखेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न

पहिलो : नहडबडाउँ

दोस्रो : संवाद गरौं

तेस्रो : संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।

मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

भर्खरै

सम्बन्धित खबर

Language »