सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलोपटक पेरिसडाँडा कार्यालयमा बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भएको छलफलमा आगामी शुक्रबार पेरिसडाँडामा सचिवालय बैठक बस्ने सहमति भएको हो ।

तत्कालीन माओवादी केन्द्रको हेडक्वाटर पेरिसडाँडा अहिले नेकपा भ्रातृ संगठनको केन्द्रीय कार्यालय छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि पेरिसडाँडामा पार्टी सचिवालय बस्न लागेको बैठक पहिलो हो ।

यसअघिका बैठक प्रधानमन्त्री निवास बालुवाटार, पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »