सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलि बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

शुक्रबार दुई अध्यक्ष बीच भएको बैठकले भदौ १८ गतेसम्मका लागि सचिवालय बैठक स्थगित भएको हो ।

शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको थियो ।

भोलिको सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्ष बीच भेटवार्ता गरिएको थियो ।

सोही भेटवार्ताले सचिवालय बैठक पाँच दिनका लागि स्थगित गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गत भदौ ९ गते कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्ष बीच छलफल भएको थियो । उक्त छलफलले भदौ १३ गते सचिवालय बैठक डाक्ने निर्णय गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »