सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटीको अर्को बैठक मङ्गलबार बस्ने, अबको छलफल कोरोनामा केन्द्रित

काठमाडौँ / १३ असार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाे तेस्रो दिनको बैठक सकिएको छ ।

आज २२ जना सदस्यले विचार राख्नुभएको र आज पनि हिजाेकै जारी सीमा अतिक्रमणको विषयमा छलफल भएको र त्यसमा सदस्यहरूले सीमा समस्या समाधानकाे गम्भीर प्रयासमा जोड दिनुभएको बैठक पछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अर्को बैठक असार १६ गते ११ बजे बस्ने तय भएको छ । अर्को बैठकमा सीमा बारे केही समय छलफल हुने र कोरोना महामारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

१४ गते (भोलि) मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दही चिउरा खाने दिन भएकोले उक्त बैठक असार १६ गते बस्ने भएको हो । १६ गतेको बैठक पनि बालुवाटारमै बस्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »