सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटी बैठक बिना निष्कर्ष सकियो, अर्को बैठक १२ गते

काठमाण्डौँ, असार १०
सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ ।

विवादित एमसीसीबारे आजको बैठकले टुङ्गो लगाउने भनिए पनि छलफल नै भएन ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज तय भएको पाँचवटा एजेण्डाको विषयमा अध्यक्षद्धयले समान्य जानकारी मात्रै दिएको श्रेष्ठको भनाई छ ।

अन्य सदस्यहरुलाई आज बोल्न दिइएन । तर अर्को बैठक १२ गते विहान ११ बजे बस्ने सहमति भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »