सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित

काठमाडौं। पटकपटकको स्थागनपछि आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

देशभर बाढी र पहिरोले पारेको असरबाट उत्पन्न परिस्थितिमा जुट्नका लागि बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सबैलाई उद्दार, राहत र पुर्नस्थानमामा परिचालित हुन निर्देशन दिदै बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुने वित्तिकै कसैले खोकनाको कुरा उठाए तर कसैले हात्तीले पुर्याएको क्षतिको तर समग्रमा बैठक बाढी पहिरोको पीडामा नै केन्द्रित रहेको थियो।

प्रधानमन्त्री निवास वालुवटारमा बसेको बैठकले बाढी पहिरोले पुर्याएको क्षतिमा केन्द्रित हुन निर्देशन दिएपछि बैठक आधा घण्टा बसेर स्थगित भएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी भएनन्।

भर्खरै

सम्बन्धित खबर

Language »