सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा स्थायी कमिटी बैठक सकियो, दुई दिनका लागि स्थगित

काठमाडौं / १८ असार
नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको जनाइएको छ।

‘शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो,’ एक नेताले भने ।

‘सदन स्थगित नगर्नुस् भनेका थियौं । हुन्छ पनि भन्नु भयो तर अचानक स्थगित गर्नुभयो । मुखले एकातिर भनेर काम अर्कोतिर गर्नुभयो’ दाहालले ओलीलाई भनेका थिए । जवाफमा ओलीले ‘संसद् स्थगित भए गरे के बिग्रियो र । एक/दुई दिन अध्यादेश नल्याउँला नि !,’ ओलीसँगको छलफलबारे दाहालले बैठकमा उक्त ब्रिफिङ गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »