सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको केन्द्रीय सदस्य उमा भुजेल प्रहरी नियन्त्रणमा

गोरखा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।

भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि आज जिल्ला अदालतमा उपस्थित गराइने एसपी ओमप्रसाद अधिकारीले बताए ।

भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लामा रहेका मुद्दाको कानुनी प्रक्रियाका क्रममा पछिल्लो पटक उनी कैलाली प्रहरीको नियन्त्रणमा थिइन् ।

१० वर्ष सशस्त्र युद्धको क्रममा पक्राउ परेर गोरखा कारागारमा रहेको बेला भुजेलसहित अन्य महिला लडाकु गोरखा जेलबाट सुरुङ खनेर भागेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »