सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालकै सबैभन्दा ठुलाे दाेर्जे तेमालमा निर्माण सम्पन्न,

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४ दोर्जेघ्याङ डाँडामा नेपालकै सबैभन्दा ठुलो दोर्जे निर्माण सम्पन्न भएको छ ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले २०७७ साल माघ २२ गते शिल्यानास गरेको थियो । करिब छ महिनाको अन्तरालमा सम्पन्न भएको नेपालकै ठुलो दोर्जे केहि दिनमा उद्घाटन गरेर सार्वजनिक गर्ने उपभोक्त समितिको अध्यक्ष चन्द्र सिं तामाङले सारा खबरको प्रतिनिधिसँगको छोटो सम्वादमा बताउनु भयो ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले २०७७ सालमा वडा नं. १ आधाबाटमा भएको ल्होछार कार्यक्रममा नेता इन्द्र तामाङसँग गरेको प्रतिबद्घता पुरा गरेका छन् । उहाँले भन्नु भएको थियो । “मैले आज नेकपा (एमाले)को नेता इन्द्र तामाङसँग के बाँचा गर्छु भने जुनदिनसम्म दोर्जेघ्याङमा दोर्जे निर्माण गर्न सकिदैन त्यो दिनसम्म मैले तेमाल गाउँपालिकाबाट ठुलो पर्सेल जाने छैन । दोर्जे निर्माण गरेपछि मात्र म तेमाल गाउँपालिकाको कार्यलय छोडेर ठुलो पर्सेल झर्छु ।”


तेमाल गाउँपालिकामा रहेका हरेक धार्मिक स्थलहरुको प्रचार प्रसारमा अध्यक्ष तामाङ लागि परेका छन् । अध्यक्ष तामाङले तेमालमा रहेका धार्मिक, ऐतिहासिक, र महत्वपुर्ण स्थानहरुको संरक्षण, प्रवद्र्घन गर्न कुनै कन्चुसाई नगर्ने भनेर प्रतिवद्घता गरेका थिए । त्यही अनुरुप तेमालको जनताले दोर्जेको स्थापना भएको देख्न पाएको छ । तेमाल गाउँपालिका वडा नं. ४ मा रहेको दोर्जे मात्र होइन । वडा नं. ५ ठुलोपर्सेलमा पनि पन्च बुद्घ निर्माण कार्य सम्पन्न भएको छ । नमोबुद्घ नगरपालिकासँग सिमाना जोडिएको कालीमाटीमा तामाङ सस्कृति झल्कने धार्मिक, ऐतिहासिक र कलात्मक तेमाल प्रवेश हुने प्रवेशद्वर निर्माण सम्पन्न भएको छ । भने वडा नं. ५ मा रहेको ह्रोसाइबामा डम्फूको निर्माण कार्य तिव्र भैइरहेको छ ।

तेमाल गाउँपालिकामा जनप्रतिनिधि भएर काम गर्ने पहिलो भाग्यमानी व्यक्ति सलाम सिं तामाङ नै हो । नेपाल सरकारको जननिर्वाचित स्थानीय तहको पहिलो जनप्रतिनिधिकोरुपमा नाम लेखाउन सफल अध्यक्ष सलाम सिं तामाङ ४ वर्षको कार्यकालमा राम्रै काम गर्न सफल भएको छ भन्दा फरक पर्दैन ।

करिब दुई करोड लागतमा तेमाल गाउँसरकारकै पहलमा तेमाल ह्रेन्जेन दोर्जे सडकमार्गको कालोपत्रे कार्य शुरु भएको छ । यो तेमाल गाउँपालिकाका जनताहरुमा खुशीको समाचार भन्नु नै पर्छ । स्थानीय तहको विकासको पहिलो पुर्वाधार भनेको सडक हो । अहिले तेमाल गाउँपालिकाको प्रत्येक टोल, टोलमा, बस्ती, बस्तीमा सडक मार्ग पुगेका छन् भने खानेपानीको समाधानका लागि सुनकोशीको पानीलाई लिफ्ङि गरेर पानी वितरणको तयारीमा गाउँपालिका लागि परेका छन् ।

अध्यक्ष तामाङले निर्माण सम्पन्न गर्न नसकेको एक मात्र कार्य भनेको तामाङ संग्राहलय हो । अहिलेको आर्थिक वर्षमा पनि तामाङ संग्राहलयको लागि बजेट विनियोजन गरेको छ तर कार्यन्वयन हुनेमा शंका छन् ।


तेमाल गाउँपालिका नेकपा (एमाले र माओवादी)को राम्रो मत भएको स्थानीय तहहरुमा एक हो । आउँदो स्थानीय चुनावमा पनि नेकपा (एमाले र माओवादी ) छुट्टाछुटै चुनावी अभियानमा लाग्ने हो भने तेमाल गाउँपालिकामा पुनः नेपाली कांग्रेसको नै जित अथवा सलाम सि तामाङ नै दोहोरिने संभावना प्रवल छन् ।
हाल तेमाल गाउँपालिकाको सभामा नेकपा (एमाले र माओवादी) को गरेर बहुमत नेकपाको नै छन् । अल्पमतमा रहेको तेमाल गाउँ सरकारका अध्यक्ष सलाम सि तामाङलाई असफल बनाउन प्रत्यक वर्षको गाउँसभा विपक्ष दलका नेताहरुले आफु अनुकुल वजेट नआएमा गाउँसभा सम्पन्न हुन नदिने धम्की दिदै आएको थियो र त्यो दम्कीको सामाना गर्दै अध्यक्ष तामाङले बजेट बिनियोजन गर्दै आएको थियो ।

२०७८ / 0७९ को नवौं गाउँसभामा के भयो ?

नेकपा (एमाले र माओवादी)को नेताहरु धुलिखेलमा बसेर तेमाल सरकारसँग बजेट बार्गेनिङ

तेमाल गाउँपालिकाको बजेट बिनियोजनमा नेकपा (एमाले र माओवादी ) नेताहरु धुलिखेलमा बसेर बार्गेनिङ गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

तेमाल गाउँसरकारलाई असफल बनाउनका लागि पहिलो वर्ष देखि नै एमाले र माओवादीका केहि नेताहरुले आफू अनुकूल बजेट नआएमा जे पनि गर्ने छ भन्दै धम्की दिदै आएको पुष्टि भएको छ ।

तेमाल गाउँसरकारले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । त्यस सभामा वडा नं। १,२,८,९ का वडाध्यक्षहरु उपस्थित भएको थिएन ।

पार्टीको निर्देशन भन्दै ती वडाध्यक्षहरुले सभा बाहिष्कार गरेको घोषणा गरेको थियोे तर तेमाल गाउँ सरकारको प्रवक्ता ज्ञान बाहदुर तामाङसँग बुझ्दा उहाँहरु उपस्थित नै नभएको जानकारी दिएको थियो ।

पालिका अध्यक्ष सलाम सि तामाङले तेह्र गतेका लागि गाउँ सभा बोलाएको थियो । त्यस दिनपनि उहाँहरु उपस्थित हुन सकेन । अध्यक्ष सलाम सिं तामाङले १३ गते ४९ करोड बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । बैठकमा उपस्थित संख्या थोरै भएको हुनाले पालिका अध्यक्ष तामाङले १५ गतेका लागि पुनस् गाउँ सभाको बैठकमा उपस्थित हुनका लागि उपस्थित हुन नसकेको वडाध्यक्षहरुलाई पत्र पठाएको थियो । उक्त पत्र अनुरुप असार १५ को बैठकमा विपक्षी दलका वडाध्यक्षहरुले सभा हलमा प्रवेश हुनु अगावै प्रेवशमा रोक लगाएको थियो । पालिका अध्यक्ष तामाङले के कुरामा चित्त नबुझेको हो बसेर छलफल गरौं भन्दा उहाँहरुले पालिकाको प्राङ्गनमा बसेर छलफल गरेको थियो तर छलफलमा कुनै बिमति देखिएन । पालिका अध्यक्षले पालिका स्तरको कार्यक्रमका लागि छुट्टाएको चार करोड ८ लाख बजेटमा आएर हलो अट्केको थियो । पालिका अध्यक्षले त्यसै दिन सहमतिमा आए एक करोड पचास लाख वडामा नै पठाउन सहमत भएको थियो । तर विपक्षी दलका वडाध्यक्षहरुले पार्टीको निर्देशन भन्दै सहमति नजनाएर छलफलबाट बाहिरीएको थियो ।

तेस्रो पटकको गाउँसभामा पनि उपस्थित नभए पछि पालिकाले प्रेदेश सभाको ऐनमा टेकेर गाउँ सभा सम्पन्न भएको घोषणा गरेको थियो ।

गाउँसभा सम्पन्न भएको जानकारी पाएपछि बिपक्षी दलका वडाध्यक्षहरु अदालतको शरणमा पुगेको थियो तर प्राप्त जानकारी अनुसार सहमतिमा आए मुद्दा फिर्ता गर्ने प्रतिबद्धता अनुरुप धुलिखेलमा छलफलका लागि पालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका गाउँसभाका सदस्यहरुलाई बोलाएको जानकारी प्राप्त भएको छ।


गाउँपालिका अध्यक्षले चित्त नबुझेको कुरा सभामा राख्न अनुरोध गर्दा पार्टीको निर्देश भन्दै गाउँ सभाबाट बाहिरीएका वडाध्यहरुबाट तेमाल गाउँपालिकाको जनताले के अपेक्षा गर्ने रु

स्थानीय तहको बजेट बिनियोजनमा दलीय स्वार्थकै कारण उपलब्धि मुलक काम हुन सकेको छैन ।

अषार ३० गते पालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङसँग नेकपा ९एमाले० र माओवादी नेताहरुले बजेटको लागि बार्गेनिङ गरेको थियो । करिब रातिको ९ बजे धुलिखेलमा सहमति भएको ग‍ोप्य स्रोतबाट सारा खबरलाई जानकारी प्राप्त भएको छ ।

धुलिखेलमा भएको गोप्य सम्झौता भए अनुरुप अषार १५ गतेको गाउँसभाको निर्णय लाई नै निरन्तरता दिने सहमतिमा अषार ३० गते गाउँपालिकामा बजेट बाँटफाटको लागि बिहान ८ः०० बजे बैठक बोलाएको स्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »