सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंज उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रहलाद विश्वकर्मा

नेपालगंज ,नेपालगंज उपमहानगरपालिकालाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य तथा सरसफाइको सामाग्री शुक्रवार हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वय एवं जर्मन दुतावाससँगको साझेदारीमा संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रमबाट ब्यक्तिगत सुरक्षासँग सम्बन्धित स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणालाई हस्तान्तरण गरिएको छ ।

प्रमुख राणाले कोभिड–१९ को संक्रमण पुनः दोहिरिने सक्ने भएकोले हरेक नागरिक सर्तक रहन आग्रह गर्नु भयो । उहाँले बाँके रेडक्रस भरपर्दो संस्था भएकोले हामीसंगको सहकार्य निरन्तर रहीरहने बताउँदै विगत देखि नै बाँके रेडक्रसमा सफल नेतृत्वको कारण यहाँको भौतिक संरचना सुरक्षित रही रहेकोमा खुशी व्यक्त गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य अजीतकुमार शर्माले कोभिड–१९ रोकथाम एवं जोखिम न्यूनीकरणका लागि नेपाल रेडक्रसले नेपालभरी व्यक्तिगत सुरक्षा, स्वास्थ्य तथा सरसफाईका सामाग्री स्थानीय पालिका, अस्पताल र जिल्ला शाखालाई उपलब्ध गराइ रहेको जानकारी गराउनु भयो ।

हस्तान्तरण गरिएको सामाग्रीहरुमा क्याप ३६, एप्रोन ३६, सर्जिकल मास्क ३ हजार, ग्लोबस ४ हजार, प्रांग्रासहित फोहर संकलन भाँडा (६० लीटरको) ५०, डष्टविन (१० लिटरको) ५ सय, फोहर संकलनकर्ताका लागि ग्लोबस २४, बुट २४, झाडु २४, प्लास्टिकको फोहर संकलन प्यान २४, गाउन २४, सोडियम डाईड्रो क्लोराइट ५० जार, स्प्रे टंयांकी ४ थान रहेको छ । उक्त सामाग्रीको मुल्य ६ लाख ६८ हजार ४ सय २० रहेको छ ।

यसैगरी नोवल कारोना भाइरसको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जिल्लाभरीमा रहेका रेडक्रस उपशाखाहरुबाट परिचालन भैरहेका स्वयंसेवकको लागि पनि व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गतका १४ वटा उपशाखाहरु मार्फत स्थानीय तहको विभिन्न वडाहरुमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्थानीय पालिकाको समन्वयमा समुदायस्तरसम्म १ सय ४४ जना रेडक्रसका स्वयंसेवक परिचालन भैरहेका छन् ।

परिचालित स्वयंसेवकको सुरक्षार्थ जिल्ला शाखाले डेनिस रेडक्रसको सहयोगमा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा हरेक उपशाखालाई सेनिटाइजर २४, मास्क ३ सय, साबुन ५०, पि.पि.इ. १, ग्लोक्स ३ सय जोडा र हाइजिन हस्तान्तरण गरिएको छ ।

उपशाखालाई वितरण गरिएको उक्त सामाग्री डेनिस रेडक्रस र नेपाल रेडक्रसको साझेदारीमा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा उपलब्ध गराइएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा थापा मगर, नेरेसो बाँके शाखाका पदाधिकारी, सदस्य, कर्मचारी र उपशाखाका सभापति, सचिव लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »