सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंज मुस्लिम समज बाँकेद्वारा राहत सामग्री बितरण

नेपालगन्ज,कारकादौं मा अलपत्र परेका नेपालगंज उप -महानगरपालिक बाहिर का नेपालगंज आई दैनिकी मजदुरी गर्ने अतिबिपन्न गरीब मजदुर नेपाली नागरिक हरूमा आज राहत खद्यान समाग्री नेपालगंज मुस्लिम समाज को तर्फबाट राधा कृष्ण मन्दिर कारकादौंका धर्मगुरूजीहस्ते राहत सामग्री बितरण गरेका छन । यस्तै त्यो ठाउको नजिक धार्मिक स्थल र टोलमा सैनिटरइज समेत गरिएको छ ।


आजको राहत बितरण कार्यक्रममा समाजसेवी मुस्लिम अगुवा मुन्ना मंसुरी मेराज अहमद हिमालय सारीक अली को सहभागिता मा राहत समाग्री बितरण गरिएको छ ।

यस्तै मेराज अहमद हिमालृले आफनो वाल मा लेख्दै लाकडउन पालन गर्न अपील गरेका छन । मुस्लिम समुदाय लगायत सबैमा अपील तपाईलाई कोरोना वायरस लागेकोछ अथ्वा संका छ ।

भने क्वारेन्टाइन बस्नुस उपचार गराउनुस तपाईको लापरवाही कारणले यो रोग कसैमा सर्यो र उपचार गराउन्दै गराउन्दा उसको देहान्त भयो भने तपाई लाई हत्या बराबर पाप लाग्नेछ र नर्क को भागिदार बन्नेछौ यस कारण नेपाल सरकारले लागु गरेको लकडउन पुर्णरूपले पालन गर्न सबैमा अपील गरेका छन ।


मुस्लिम समुदायको महानपर्व शबेबरातको शुभकामना दिन्दै मुस्लिम समुदायलाई संम्पुर्ण इबादत उपासना प्रार्थना आ आफनै घरमा रहि गर्न मनाउन अनुरोध सहित ,हाम्रो देश नेपाल बाट कोरोना वायरसको समाप्तिका लागि र यस बाट ग्रसित भएका बिमारी हरूको स्वस्थलाभका लागि अल्लाहपाक संग आजको शबेबरातको रात प्रार्थना गरिदिन समेत नेपाली मुस्लिम समुदाय संग अपील गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »