सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) स्थापना गरेको छ ।

नेपालगञ्जको सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आईतबार दुबै विद्यालयमा आयोजिक छुट्टाछुट्टै कार्यक्रममा मेसिनको उद्घाटन गर्नुभयो ।

छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने उहाँले बताउनुभयो । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उहाँको भनाई छ ।

महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

बाँकेमा सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ ।

सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र बर्नवाल, प्राचार्य सुरेशकुमार परसैला, शिक्षिक कोपिला अधिकारी, मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जयसवाल, परामर्शदाता किरण आचार्य लगायतले भेन्डिङ्ग मेसिनले विद्यालयमा छात्राहरुको निरन्तरतालाई सहयोग पुग्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »