सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको कारकादौंमा तरकारी मण्डी निर्माण गर्दै -वडा अध्यक्ष वर्मा

नेपालगञ्ज, नेपालगञ्जमा ब्यवस्थित तरकारी मण्डीको निर्माण सुरु गरिएको छ । नेपालगञ्जको रानीतलाउ र बिपी चोकमा रहेको तरकारी मण्डी भन्दा फरक उद्धेश्यले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौंमा तरकारी मण्डीको निर्माण सुरु गरिएको हो ।

वडा अध्यक्ष दिपक वर्माले स्वदेशी किसानले उत्पादन गरेको तरकारीको सहज बजार ब्यवस्थापनका लागि मण्डी निर्माण थालिएको जानकारी दिनुभयो ।

रानीतलाउ र विपी चोकमा रहेका तरकारी मण्डी भन्दा सरसफाईयुक्त र ब्यवस्थित बनाउन लागिएको वर्माको भनाई छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १, २, ४, १८,१९ र २० तथा आसपासका स्थानीय तहका बासिन्दाका लागि लक्षित गरि मण्डीको निर्माण थालिएको हो । भारतबाट भित्रिने तरकारी भन्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी बिक्रि वितरणका लागि प्राथमिकता दिइने वडा अध्यक्ष वर्माले बताउनुभयो ।

निर्वाचनमा तरकारी हाटबजार निर्माण गर्ने प्रतिवद्धता अनुसार काम थालिएको उहाँको भनाई छ । सार्वजनिक शौचालय निर्माण सम्पन्न भईसकेको छ । नजिकै पार्किङस्थल पनि निर्माण गरिने भएको छ ।

किसानको उत्पादन बिक्रि गर्न सहज हुने र उपभोक्ताले अर्गानिक तरकारी पाउने वडा कार्यालयको अपेक्षा छ । डिपिसी गरि चारैतिर पर्खाल बनाएर ट्रष्ट बनाएर ब्यवस्थित गरिने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »