सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको कारकादौंमा वडाले बाड्यो विपन्न वस्तीमा सोलार प्यानल वितरण सुरु

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ स्थित शान्तिनगर टोल नयाँ वस्तीमा बसोबास गर्दै आईरहेका विपन्न समुदायका लागि वडा कार्यालयले सोलार प्यानल वितरण गरेको छ ।

वडा अध्यक्ष दीपक वर्माले नगरभित्रैको वस्तीका बासिन्दा अध्यारोमा बस्न नपरोस भनेर सोलार प्यानल सहयोग गरेको जानकारी दिनुभयो ।

विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अध्यारोमा बस्न बाध्य थिए, वडा अध्यक्ष वर्माले भन्नुभयो,– सोलारमार्फत भएपनि सहयोग गरौं भनेर वडाको पहलमा संघीय मामिला मन्त्रालयमार्फत सहयोग गरिएको हो ।

स्थानीय पुर्णे सुनारले वस्तीमा धेरैजसोको घरमा विद्युत मिटर नभएको बताउनुभयो । अधिकाँशको ऐलानी जग्गामा घर भएका कारण मिटर नपाएपछि छिमेकीको घरबाट लाईन तानिएको छ , उहाँले भन्नुभयो,–अब वडाले सहयोग गरेपछि सबैको घर झलमल हुने भयो ।

अर्का स्थानीय धनवहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले मिटर नपाएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारले पनि मिटर राख्न सकेका छैनन, उहाँले भन्नुभयो,– अब सोलारले राहत हुने भयो ।

स्थानीय कर्णे सुनारले विपन्न वस्तीमा सोलार सहयोग गरेकोमा वडा अध्यक्ष लगायत वडा कार्यालयप्रति वस्तीका बासिन्दा आभारी भएको बताउनुभयो । वस्तीका ५४ घरपरिवारलाई पुग्ने गरि सोलार प्यानल वितरण सुरु गरिएको वडा अध्यक्ष वर्माको भनाई छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तराई–मधेस समृद्धि विकास कार्यक्रम अन्तर्गत गरिव, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक उर्जाको योजना वडा कार्यालयले ल्याएको हो । कार्यक्रम अन्तर्गत २५९ सोलार जडान गर्ने वडा कार्यालयको योजना रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »