सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको हिन्दु शमसान भूमीमा बृक्षारोपण

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित हिन्दु शमसान भूमीमा बृक्षारोपण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा एक कार्यक्रमकाबीच बृक्षारोपण गरिएको वडाअध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत आर्थिक बर्षमा विनियोजित २ लाख बजेटबाट बृक्षारोपण गरिएको हो । उक्त बजेट वडाको सौन्दर्यकरणका लागि विनियोजन गरिएको थियो ।

शमसानघाट भित्र रंग जाली फुलको विरुवा रोपिएको छ ।उक्त कार्यक्रममा वडासदस्यहरु निखिल कशौधन, खुसीरानी बैश्य, निर्मला कशौधन, काँग्रेस क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राप्रपाका क्षेत्रीय अध्यक्ष दिपेन्द्र बहादुर सिंह, हिन्दु शमसान भूमि संयोजक अमुल बैश्य, महेन्द्र युवा सूचना केन्द्रका प्राविधिक अधिकृत अमन गुप्तालगायतको उपस्थिति रहेको वडा कार्यालयका कर्मचारी प्रेम बजगाईले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »