सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपांगता भएका ब्यक्तिहरुलाई शनिबार सहायक सामग्री सहयोग गरिएको छ ।

नगर स्तरीय अपांगता संजालले २ जनालाई वाकर, २ जनालाई बैशाखी, ४ जनालाई व्हिल चेयर, ३ जनालाई ट्राई साईकल र १ जनालाई स्वर्णयन्त्र सहयोग गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्र्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, नेकपा बाँकेका सचिव अशोक कोइराला, राष्ट्रिय अपांगा महासंघ बाँकेका सचिव भावुकजंग राना लगायतले सहायक सामग्री वितरण गर्नुभयो ।

यसैगरी नेपालगञ्जस्थित बौद्धिक बालबालिकाहरुको दिवा सेवा केन्द्रलाई समेत खेलकुद सामग्री सहयोग गरिएको कोषाध्यक्ष हरिकला थापाले जानकारी दिनुभयो ।

नगर स्तरीय संजालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री तथा शैक्षिक, खेलकुद मनोरञ्जनात्मक सामग्री वितरणसँगै सामाजिक परीक्षण पनि भएको हो ।

सो अवसरमा डेक नेपालले एकसय जनालाई राहत सामग्री वितरण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »