सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा जसपा पार्टीको दुई दिने प्रशिक्षण सुरु

नेपालगञ्ज, जनता समाजवादी पार्टी ९जसपा० बाँकेले राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज सोमवारदेखि नेपालगञ्जमा सुरु भएको छ ।


जनता समाजवादी पार्टी ९जसपा० जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष कमरुद्धिन राईले बताए ।


जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईको विशिष्ट अतिथिमा दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणको उद्घाटन सत्रमा पार्टीका प्रभावशाली नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला अध्यक्ष राईको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष राजन रानामगरले गरका छन् ।


प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य बिजय बहादुर यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राईले बताए । दुई दिने प्रशिक्षणमा खासगरी पछिल्लो देशको राजनीतिक तथा बैचारिक अवस्थाका बिषयमा प्रशिक्षण दिइने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »