सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ

नेपालगञ्ज,नेपालगञ्जको जयरपुरस्थित दशगजा नजिकै क्वारेन्टाईनमा बसिरहेका सबैको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा बिहिवार विहान भएको ¥यापिड डायग्नोस्टिक टेष्ट(आरडिटी) किट परीक्षणमा सबैको नेगेटिभ आएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा १८१ जना बसेकोमा बिहिवार १६६ जनाको आरडिटी भएको हो । १५ जनाको पहिले नै पिआिर जाँच भईसकेको छ ।

यसैगरी नेपालगञ्जको महेन्द्र वहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा बसेका २४ जनामध्ये ६ जनाको पनि विहिबार नै आरडिटी हुने भएको छ । मव क्याम्पसमा बसेका अरुको पनि पिसिआर जाँच भईसकेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको ब्यवस्थापनमा क्वारेन्टाईमा बसेकाहरुले उत्कृष्ट ब्यवस्थापन गरेको भन्दै उपमहानगरपालिकाप्रति धन्यवाद ज्ञापन गरे । क्वारेन्टाईनमा १४ दिनसम्म बस्दा आफुहरुको राम्रो ब्यवस्थापन गरेको भन्दै उनीहरुले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा लगायतलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले क्वारेन्टाइनमा बसेका सबैको परीक्षणमा नेगेटिभ आएपछि जिल्ला प्रशासनको समन्वयमा सम्वद्ध जिल्लासम्म बसमार्फत पठाउन लागिएको जानकारी दिनुभयो ।

राणाले क्वारेन्टाईनमा बस्दा सम्म उपमहानगरपालिकाले सकेसम्म राम्रो ब्यवस्थापन गर्ने प्रयास गरेको भन्दै सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका सहित, प्रदेश स्वास्थ्य निर्देशनालय, भेरी अस्पताल , शिक्षण अस्पताल र स्वास्थ्य कार्यालयका प्राविधिक खटिएका थिए ।

क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आएपनि घरमा पुगेर सेल्फ क्वारेन्टाईनमा बस्दै स्वयम सतर्कता अपनाउन सुझाव दिइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »