सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा नगर सौन्दर्यकरणमा साथ दिन नेपालगञ्जका मेयर राणाको आग्रह

नेपालगञ्ज, नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फुलका विरुवा चोरी हुन थालेका छन् ।

क्याप्सन ः हावाहुरीले उडाएका ट्रिगार्ड उठाएर लगाउँदै नगरप्रमख डा. राणा

फुलको संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो । बिहिवारराती नगरको विपीचोक क्षेत्रबाट दुईवटा फुलका विरुवा चोरी भएका छन् ।

यसअघि पनि फुलका विरुवा र ट्रिगार्ड चोरी भएको उपमहानगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यकरणका लागि लगाइएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र जथाभावी फुलहरु टिप्नेको पहिचान गरि कारवाहीका लागि नगर प्रहरी र अन्य सुरक्षा निकायमार्फत निगरानी बढाइएको छ , नगर प्रमुख डा. राणाले भन्नुभयो,– नगरको सौन्दर्यकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो ।

नगर प्रमुख राणाले सडकको बीचभागमा रोपिएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र बिक्रि वितरण गर्ने तथा फुलहरु जथाभावी टिप्नेहरुको बारेमा कुनैपनि सूचना भएमा उप–महानगरपालिका तथा सुरक्षा निकायमा खबर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरलाई सौन्दर्यकरणका लागि प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख राणाले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ ।

उपमहानगरपालिकाले नगरको सौन्दर्यकरणका लागि नगरभित्र रोपिएका फुल तथा विरुवाको संरक्षणका लागि आम नगरबासीमा अपिल गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »