सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा भाटभटेनी सुपर मार्केटलाई कारवाही

नेपालगञ्ज, नेपालगञ्जको कारकादौंमा रहेको भाटभटेनी सुपर मार्केटलाई नेपालगञ्ज उप–महानगरपालिकाले  जरिबाना तिराइएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० ले निषेधित क्षेत्रमा फोहोर फालेको भन्दै सुपरमार्केटलाई २० हजार रुपिया जरिबाना गराएको हो ।

वडा अध्यक्ष कृष्ण कार्कीले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राझाचोकमा २ वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा  लिइएको  बताउनुभयो ।

फोहोर ल्याण्डफिलसाईटमा पठाएर, रिक्सा छोडिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वडाभित्र फोहोर गर्ने जुनसुकै भएपनि कारवाही गरिने कार्कीले बताउनुभयो ।  

भर्खरै

सम्बन्धित खबर

Language »