सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा भेरी र क्यान्सर अस्पतालमा सेवा विस्तारका लागि पशुपति दयाल मिश्राको पहलकदमी

नेपालगञ्ज, बाँकेका राजनीतिकर्मी पशुपतिदयाल मिश्राले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी बाँकेमा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्नुभएको छ ।

जिल्ला विकास समिति बाँकेका पुर्व सभापति मिश्रा मन्त्री त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा एकसाथ आवद्ध हुनुहुन्छ ।

मिश्रालाई त्रिपाठीको अति निकट मानिन्छ । सोमबार मन्त्रालयमा पुगेर भेटघाट गरेका मिश्राल भेरी अस्पतालका लागि न्युरो सर्जन, कार्डियालोजी, युरो सर्जरी, नेप्रोलोजीका बिशेषज्ञ चिकित्सक यथाशिघ्र पठाउन माग गर्नुभएको छ ।

यसैगरी एमआरआई मेशीन खरीद, चिकित्कि र कर्मचारीहरूको आवास निर्माणको माग गरिएको छ ।

खजुरा क्यान्सर अस्पतालमा रेडियोथेरापी मेशीन खरीद लगायत माग गर्नुभएको छ । मन्त्री त्रिपाठीले आफुले राखेका मागहरु पुरा गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको मिश्राले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »