सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा माइती नेपालको खाना अभियान शुरु


नेपालगञ्ज, माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलबार देखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो ।
लामो समयको बन्दा बन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविको पार्जन गर्दै आएका परिवारलाई भोक मेटाउन कठिन भएको छ ।

बर्तमान अवस्थामा बजार, व्यवसाय संचालन भएपनि गरिब बिपन्न परिवारलाई जीवन निर्वाह गर्न गाह्रो भइरहेको छ ।
यस्तो समस्यामा परेका परिवार, व्यक्तिका लागि एक छाक खाना अभियान संचालन गरेको माइती नेपालका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । ‘पहिलाकै जस्तै पूर्णरुपमा सबैको जीवनचर्या फर्किसकेको छैन ।

यो समय अन्य कुरामा पनि गरिब बिपन्न परिवारलाई गाह्रो भएको छ ।’संयोजक कोइरालाले भन्नुभयो, यस अवस्था मा बाँच्नका लागि चाहिने खानाको जोहो गर्न समेत कठिन भएकाले बिहानको एक छाक खाना अभियान संचालन गरेका हौं ।
यो अभियान जिल्लाको बिभिन्न क्षेत्रमा संचालन गरिनेछ । यस मा खास गरी महिला तथा बालबालिका लाई बिहानको एक छाना खाना दिने गरिएको छ । माइती नेपाल, ग्ल् ध्यmबल को सहयोगर स्थानीय सरकारको सहकार्यमा सामुदायिक भान्छा द्धारा तयार गरिएको पौष्टिक खाना बितरण थालिएको संस्थाले जनाएको छ ।

एक छाक खाना अभियानमा दैनिक दुई सय ५० जनालाई खाना खुवाइने संयोजक कोइरालाले बताउनु भयो ।
उहाँका अनुसार बाँकेका करिब १४ हजार बढी महिला तथा बालबालिकाहरुलाई खाना खुवाइने छ । अभियानको पहिलो दिन मंगलबार नेपालगञ्जका तीन स्थान मा खाना बितरण गरिएको छ ।

मंगलबार बिहान नेपालगञ्ज क्वारेन्टिनमा ६० जना, वडा नं १२ बेलासपुरमा एक सय ८५ जना र निलसागर बृद्धाश्रममा ८५ जनालाई गरी तीन सय ३० जनालाई खाना उपलब्ध गराइएको छ ।
खाना बितरण कार्यक्रममा नेपालगञ्ज उप महानगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »