सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाद्धारा गर्‍यो ४ सय घरलाई निशुल्क राहत वितरण

नेपालगन्ज ,नेपालगन्ज मुस्लिम समाजले सनिवार ४ सय घरमा राहत सामाग्री वितरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न वाडामा आफ्नै साधन मार्फ घर दैलो मै पुगेर सो खाद्यान्न निशुल्क वितरण गरेको समाजका अगुवा मेराज अहमत (हिमालय) ले बताउनु भयो ।

राहत सामाग्री गरिव, मजदुर, असाहय, किरायामा बस्दै आएका सर्वसाधारणलाई राहत वितरण गरिएको समजका अगुवा तथानेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका प्रवक्ता अब्दुल जलिल मन्सुरी मुन्नाले बताउनु भयो ।

सरकारले कोरोना भाइरस ९कोभिड– १९० को संक्रमण बचाउन लकडाउन गरेपछि गरिखाने बर्ग प्रत्यक्ष प्रभावित भएको छ ।

सो अभावलाइ टार्न समाजले यस्तो सेवा गरेको अर्को अगुवा ज्याउलहक हलवाइले बताउनु भयो ।


राहत वितरण गर्न चर्को धुपमा सो समजाका अगुवा मुन्ना मंसुरी, मेराज अहमद हिमालय, बाबु नेता, ज्याउलहक हल्वाई, लुकमान भाई , हकीम हल्वाई, फिरोज हल्वाई , वाहिद हल्वाई, सारिक अली लगाएतको सहभागिता रहेको थियो ।


राहत वितरण गर्दै समाजका अगुवा हिमालयले यसतो विपतको समयमा सम्पुर्ण मुस्लिम समुदायले रमजान महिना नपर्खी अहिले नै जाकात निकाली सहयोग गर्न अन्य जिल्लालाइ पनि आग्रह गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »