सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना ¥याली

नेपालगञ्ज, २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार राप्रपाले नेपालगञ्जमा मोटरसाईकल ¥याली सहित कार्यक्रम गरेको छ ।

बागेश्वरी मन्दिर अगाडीबाट सुरु भएको रयाली नगरका विभिन्न भागको परिक्रमापछि त्रिभुवनचौकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री समेत रहनुभएका नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालको ईतिहासमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउनुभयो ।

पृथ्वी जयन्ती हरेक नेपालीले मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राप्रपाका युवा नेता ऋषिराज देवकोटाले पृथ्वी नारायण शाहले गोरखाबाट सुरु गरेको एकीकरणले नेपाल जन्मिएको भन्दै उहाँको सबै नेपालीले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । पृथ्वी जयन्तीमा सरकारले विदा दिनुपर्ने उहाँले माग गर्नुभयो ।

सभालाई राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, नेपालगञ्ज ४ का वडा अध्यक्ष मो. सफिक बेहना, युवा संगठनका अध्यक्ष हुकुम केसी लगायतले मन्तव्य राख्दै शाहको योगदानको चर्चा गर्नुभयो ।

पृथ्वी जयन्तीका अवसरमा आईतबार नै गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालले नेपालगञ्जमा भव्य कार्यक्रम गरेको छ ।

अभियानका केन्द्रीय कोषाध्यक्ष भिमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »