सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा शन्दर्भ स् १११ औं अन्तर्राष्ट्रिय महिला दिवस, खुल्ला वक्तृत्वकला प्रतियोगितामा धम्बोझी माबिकी प्रेक्षा शर्मा प्रथम

नेपालगञ्ज , अन्तर्राष्ट्रिय महिला ९नारी० दिवसको अवसरमा नेपालगञ्जमा भएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय नेपालगञ्जका छात्रा प्रेक्षा शर्मा प्रथम हुनुभएको छ ।

१११ औं अन्तर्राष्ट्रिय महिला ९नारी० दिवस मनाउने क्रममा बिहीबार नेपालगञ्जमा “घर परिवार र समाज परिवर्तनमा महिलाको भूमिका” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा धम्बोझी माबिका छात्रा शर्माले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको हो ।

प्रतियोगितामा आदर्श माध्यमिक बिद्यालय नेपालगञ्जका छात्रा सृष्टि सापकोटा द्धित्तिय हुन सफल हुनुभएको छ भने जगत ज्योति माध्यमिक बिद्यालयका छात्रा पुष्पा गिरी प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । यस्तै युनाईटेड एजुकेशन एकेडमी नेपालगञ्जका छात्रा नम्रता रानाभाट र ब्रिटिस इग्लिस मिडियम स्कुलका छात्रा सुदिक्षा स्नेहीले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

प्रतियोगितामा बिजयी छात्राहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमयेर उमा थापा मगर, कार्यपालिका सदस्य देउमल सुनार, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह र पसहयोगी स्वास्थ्य तथा शिक्षा बिकास केन्द्र बाँकेका उपाध्यक्ष गणेश प्रसाद भट्टराईले पुरस्कार बितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर थापाले यस कार्यक्रमको माध्यमबाट महिलाहरुलाई प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । उहाँले दबिएर रहेका महिलाको प्रतिभा प्रस्फुटनमा समेत यस्ता कार्यक्रमले सहयोग पुर्याउनका साथै महिलाहरुलाई अगाडी बढ्न प्रेरित गर्ने धारणा राख्नुभयो ।

बिजयीहरुलाई प्रथम, द्धित्तिय र तृतिय क्रमश प्रमाण पत्र, डाइरी, पेन र नगद तीन हजार, प्रमाणपत्र, कपि, पेनसहित २ हजार र प्रमाण पत्र, कपि, पेनसहित १ हजार ५ सय प्रदान गरिएको छ भने सान्त्वना बिजेताहरुलाई क्रमश प्रमाण पत्र, कपि र पेनसहित एक एक हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितालाई निस्पक्ष बनाउन शिक्षक हिमाल पौडेल, मान बहादुर केसी ९निशान० र आरिफ खानले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार स् समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला दिवस मनाउन नेपालगञ्ज उपमहानगरपालिका मुल समारोह समितिको आयोजना तथा प्याब्सन नेपाल, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्र र रेष्ट नेपालको संयुक्त सहकार्यमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

यही मार्च ८ का दिन मनाउन लागिएको महिला दिवसको अवसरमा नेपालगञ्जमा वक्तृत्वकला प्रतियोगिता, शुक्रबारदेखि आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »